Logo

काठमाडौं। प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। नेकपा (एमाले) का सांसद राजेन्द्र राईको अभिव्यक्तिलाई लिएर सदनमा विवाद उत्पन्न भएपछि सभामुखले बैठक स्थगित गरेका हुन्।

बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई लक्षित गर्दै, “तपाईं कान सुन्नुहुन्छ कि हुन्न?” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिप्रति सभामुखले आपत्ति जनाउँदै उनलाई बोल्नबाट रोकेका थिए।

सभामुखले राईलाई बोल्न नदिएपछि एमाले सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। त्यसक्रममा सत्तारुढ दलकी सांसद ज्वाला सङ्ग्रौलाले राईको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरिन्।

विवाद चर्किएपछि सभामुखले राईलाई माफी मागेर आफ्नो भनाइ सच्याउन आग्रह गर्दै दोस्रो पटक बोल्ने अवसर दिएका थिए। तर राईले पुनः सभामुखकै भूमिकामाथि प्रश्न उठाउँदै, “तपाईंले पाँच वर्ष सदन चलाउन सक्नुहुन्न, मैले खुट्टी हेरिसकेँ, तपाईंले कुरा सुन्न पर्दैन?” भन्ने अभिव्यक्ति दिए।

राईको उक्त भनाइपछि सदनमा थप विवाद उत्पन्न भएपछि सभामुखले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।


सम्बन्धित समाचार