२४ असार, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसोको लागि मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ ।
शाहले दिउँसो ३ः४५ बजेका लागि मन्त्रिपरिषद्को बैठक आवह्वान गर्नुभएको हो ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार उक्त बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। यसअघि मन्त्रिपरिषद्को बैठक असार १८ गते बसेको थियो ।



















