Logo

२४ असार,वीरगञ्ज ।  वीरगञ्जमा सडक विस्तारको कामका क्रममा विद्युत लाइनमा क्षति पुगेपछि अधिकांश क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ।

नेपाल विद्युत प्राधिकरण अन्तर्गतको वीरगञ्ज वितरण केन्द्र का अनुसार सडक विस्तार गर्ने क्रममा विद्युतका तारमा क्षति पुगेकाले विद्युत सेवा प्रभावित भएको हो।

वितरण केन्द्रले प्राविधिक टोलीले क्षतिग्रस्त लाइन मर्मत गर्ने काम भइरहेको जनाएको छ। मर्मत सम्पन्न गर्न करिब एकदेखि दुई घण्टा लाग्ने अनुमान गरिएको छ।

विद्युत प्राधिकरणले सेवा अवरुद्ध भएकोप्रति उपभोक्तासँग क्षमायाचना गर्दै आवश्यक मर्मतपछि यथाशीघ्र विद्युत आपूर्ति पुनः सञ्चालन गरिने जनाएको छ।


सम्बन्धित समाचार