३० असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी विरुद्ध अदालतले सजायको अन्तिम फैसला सुनाएको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार रायमाझीलाई एकीकृत कसुर अन्तर्गत कुल ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिबानाको सजाय निर्धारण गरेको हो ।
अदालतले रायमाझीलाई विभिन्न चारवटा शीर्षकमा दोषी ठहर गर्दै सजाय तोकेको छ। जसअनुसार ठगी मुद्दामा २ वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, तथा राज्य विरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना सुनाइएको छ ।
साथै, राज्य विरुद्धकै कसुरमा थप ६ महिना कैदको फैसला समेत भएको छ ।
कानुनमा रहेको एकीकृत कसुर सम्बन्धी व्यवस्थाका कारण यी सबै सजायहरू जोड्दा रायमाझीले अन्तिम रूपमा ४ वर्ष कारागारमा बिताउनुपर्नेछ भने ४० हजार रुपैयाँ जरिबाना तिर्नुपर्नेछ ।



















