३१असार,वीरगञ्ज । गहवामाईको भव्य रथयात्राका अवसरमा वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिहीबार एक दिनका लागि पठनपाठन स्थगित गरेको छ।
महानगरपालिकाको शिक्षा महाशाखाले बुधबार सूचना जारी गर्दै रथयात्रा कार्यक्रमलाई मध्यनजर गर्दै महानगर क्षेत्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन नहुने जनाएको हो। सूचनाअनुसार सम्बन्धित विद्यालयलाई आवश्यक व्यवस्थापन गर्न अनुरोध गरिएको छ।
महानगरपालिकाले रथयात्राका कारण विद्यार्थी, शिक्षक तथा अभिभावकको सहज आवागमन सुनिश्चित गर्न तथा सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै पठनपाठन स्थगित गर्ने निर्णय गरिएको जनाएको छ।
यसअनुसार वीरगञ्ज महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिहीबार नियमित पठनपाठन हुने छैन।



















