Logo

३१ असार, काठमाडौं । नेपाली क्रिकेट समर्थकका लागि एक सुखद खबर छ ।

सन् २०२८ मा आयोजना हुने टी–२० विश्वकपका लागि नेपालले सुरुवाती क्षेत्रीय छनोट खेलिरहनु नपर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले सार्वजनिक गरेको नयाँ नियम अनुसार नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो ।

खासगरी, सन् २०२६ को टी–२० विश्वकप खेलिसकेका तर आगामी संस्करणका लागि सिधै छनोट हुन नसकेका टोलीहरूलाई आईसीसीले यो विशेष सुविधा दिएको हो। नेपालले २०२६ को विश्वकपमा समूह चरण पार गर्न नसके पनि उक्त प्रतियोगितामा सहभागिता जनाएकै कारण यो फाइदा पुगेको छ ।

यससँगै अब नेपालले एसियाली क्षेत्रीय छनोटका खेलहरू खेल्नुपर्ने छैन । यसरी तय हुने ग्लोबल छनोटको महाभिडन्तमा नेपाल जस्ता टोलीहरूसँगै विश्वका विभिन्न क्षेत्रहरू (अफ्रिका, एसिया, युरोप, अमेरिका र पूर्वी एसिया–प्रशान्त) बाट क्षेत्रीय छनोट पार गरेर आउने थप आठ टोलीहरूले विश्वकपको टिकटका लागि प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित समाचार
भर्खरै