१ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लडेको र हात भाँचिएको समाचार गलत भएको सचिवालयले जनाएको छ।
शुक्रबार देउवाको सचिवालयले प्रेस विज्ञप्ति जारी गरी आधारहीन हल्ला र भ्रामक समाचार भनेको छ।
‘पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा’ आदरणीय पूर्वप्रधानमन्त्रीज्यू लडेर हात भाँचिएको छ’ भन्ने आशयका अपुष्ट, आधारहीन तथा भ्रामक समाचारहरू फैलाइएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ सचिवालयले भनेको छ।
देउवा लडेर हात भाँचिएको भन्ने समाचार असत्य भएको सचिवालको भनाइ छ ।



















