Logo

 ६ जेठ,काठमाडौं ।  नेकपा (एमाले) की सांसद एशुदाकुमारी बरालले सत्तारुढ दलका सांसदहरूले विपक्षी तथा पुराना दलका सांसदहरूप्रति अमानवीय र होच्याउने व्यवहार गरेको भन्दै कडा आपत्ति जनाएकी छन्।

बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बरालले सत्तापक्षका केही सांसदहरूले सदनभित्र बोल्ने क्रममा विपक्षी सांसदहरूलाई अपमानित गर्ने, होच्याउने र अशिष्ट व्यवहार प्रदर्शन गर्ने गरेको आरोप लगाइन्।

उनले संसद्भित्र सबै सांसदहरूको हैसियत बराबर हुने उल्लेख गर्दै आफूहरू विवादका लागि नभई जनताका मुद्दा उठाउन सदनमा आएको स्पष्ट पारिन्।

बरालले सदनमा प्रयोग भएका अशिष्ट शब्द तथा अभिव्यक्तिलाई तत्काल रेकर्डबाट हटाउन मागसमेत गरिन्। उनले विपक्षी सांसदहरूले प्रयोग गरेका शब्दहरू हटाउन सभामुखको ध्यानाकर्षण छिटो हुने तर सत्तापक्षका सांसदहरूका अशिष्ट अभिव्यक्तिप्रति समान ध्यान नदिइने गरेको गुनासो पनि गरिन्।

उनको भनाइपछि संसद्भित्रको व्यवहार, मर्यादा र रेकर्ड व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ।


सम्बन्धित समाचार