Logo

२३ जेठ,काठमाडौं ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन २ हजार ५११ सवारीचालकलाई सवारी नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गरेको छ। कारबाहीबाट राज्यकोषमा २० लाख ८४ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मादकपदार्थ सेवन गरी सवारी चलाउने १९३ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १६६ जना, ट्राफिक संकेत बत्ती उल्लङ्घन गर्ने १२९ जना तथा तीव्र गतिमा सवारी चलाउने १६७ जनामाथि कारबाही गरिएको छ।

यसैगरी लेन अनुशासन पालना नगर्ने ४२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १६५ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १५६ जना र एकतर्फी सडकमा सवारी चलाउने १६८ जनालाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।

अन्य सवारी नियम उल्लङ्घन गर्ने १ हजार ३२५ जनालाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाहीलाई थप कडाइका साथ अघि बढाइरहेको जनाएको छ।


सम्बन्धित समाचार