Logo

२३ जेठ,वीरगञ्ज ।  मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को जेठ २१ गतेसम्म कुल विनियोजित बजेटको १९.४ प्रतिशत मात्र खर्च गरेको छ।

प्रदेश सरकारको वित्तीय विवरणअनुसार कुल ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँ बजेटमध्ये हालसम्म ९ अर्ब ११ करोड ९५ लाख ७५ हजार रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ।

खर्चमध्ये चालु शीर्षकमा ५ अर्ब ३२ करोड ४४ लाख ८४ हजार रुपैयाँ तथा पुँजीगततर्फ ३ अर्ब ७९ करोड ५० लाख ९१ हजार रुपैयाँ खर्च भएको अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिएका छन्।

विवरणअनुसार जेठ १३ गतेसम्म कुल खर्च ८ अर्ब ७५ करोड ७६ लाख १४ हजार रुपैयाँ रहेको थियो। जेठ २१ गतेसम्म आइपुग्दा खर्चमा ३६ करोड ४२ लाख रुपैयाँले वृद्धि भएको छ।

यस अवधिमा चालु खर्च करिब ९ करोड ७४ लाख तथा पुँजीगत खर्च करिब १८ करोड ७८ लाख रुपैयाँले बढेको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री भट्टराईले जिम्मेवारी सम्हालेपछि प्रदेश सरकारले खर्च विवरण साप्ताहिक रूपमा सार्वजनिक गर्दै आएको छ।


सम्बन्धित समाचार