Logo

२३ जेठ,काठमाडौं ।  दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो जिप एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्। तीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धारा ढोला क्षेत्रमा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा बोलेरोका चालकसहित दुवै सवारीमा सवार १४ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर र १० जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

सबै घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ। दुर्घटनापछि सुमो चालकलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।


सम्बन्धित समाचार