Logo

२५ जेठ,काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन लामो बिदापछि सोमबारदेखि पुनः इजलासमा फर्किएकी छन्। प्रधानन्यायाधीश नियुक्ति प्रक्रियापछि बिदामा बसेकी मल्लले आज सर्वोच्च अदालतमा हाजिर भई नियमित न्यायिक कार्यसम्पादन सुरु गरेकी हुन्।

सर्वोच्च अदालतको दैनिक पेसी सूचीअनुसार सोमबार न्यायाधीश मल्लको एकल इजलास र न्यायाधीश मेघराज पोखरेलसँग संयुक्त इजलास तोकिएको छ। उनले आजैबाट मुद्दा सुनुवाइसमेत गर्नेछिन्।

यसअघि कामु प्रधान न्यायाधीशको जिम्मेवारीसमेत सम्हालिसकेकी मल्ल सरकारले प्रधानन्यायाधीश पदमा आफूलाई नियुक्त नगरेपछि असन्तुष्ट रहेको चर्चा भएको थियो। सरकारले वरिष्ठ न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरेपछि मल्ल भोलिपल्टै बिदामा बसेकी थिइन्।

बिदामा बसेपछि उनी पहिलोपटक सोमबार सर्वोच्च अदालतमा उपस्थित भएकी हुन्। उनको पुनरागमनसँगै सर्वोच्च अदालतको नियमित न्यायिक कार्यसम्पादनमा थप सहजता आउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै