Logo

२५ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशमा नवनियुक्त पाँच जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सोमबार एक समारोहका बीच नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । मुख्यमन्त्री चेतनाथ आचार्यले गत जेठ २० गते नै मन्त्रीहरूको सिफारिस गरे पनि प्रदेश प्रमुख घर्तीमगर प्रदेश बाहिर रहेका कारण शपथ ग्रहण कार्यक्रम आजका लागि सरेको थियो ।

पुनर्गठित मन्त्रिपरिषद्अन्तर्गत नेकपा एमालेबाट चार र जनता समाजवादी पार्टी (जसपा) बाट एकजना मन्त्री नियुक्त भएका छन् ।

एमालेका तर्फबाट तुलसीप्रसाद चौधरीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजीप्रसाद घिमिरेले स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालय र डिल्लीराज भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । त्यसैगरी, जसपाका भण्डारीलाल अहिरले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।


सम्बन्धित समाचार