Logo

२५ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले गरेको निरन्तरको विरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पुनः स्थगित भएको छ ।

विपक्षी सांसदहरूले प्रधानमन्त्रीले संसद्को रोष्टमबाट दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने भनाइलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने र सोही स्थानमा आएर प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग राख्दै बैठकमा अवरोध सिर्जना गरेका थिए ।

विपक्षी दलहरूको उक्त कडा अडान र नाराबाजीपछि सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही १५ मिनेटका लागि स्थगित गरेका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा विपक्षी दलहरू एकमत देखिएका छन् भने यसअघि सदनमै नेताहरूले प्रधानमन्त्रीको भनाइ सच्चिनुपर्ने र सो अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग अघि सारेका थिए । सर्वदलीय बैठकमा भएको छलफल सकारात्मक देखिए तापनि संसद्मा देखिएको यो गतिरोध अझै लम्बिने देखिएको छ ।


सम्बन्धित समाचार
भर्खरै