२५ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय सुरक्षा र सीमा रक्षाका लागि नेपाली सेनालाई सीमा क्षेत्रमा तैनाथ गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली सेनाको मुख्य कार्यक्षेत्र सीमाना नै हुनुपर्नेमा जोड दिए । सांसद साम्पाङले भूगोलविना देशको अस्तित्व सम्भव नहुने भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादका सन्दर्भमा दिएको विवादास्पद अभिव्यक्तिको कडा शब्दमा आलोचना गरेका छन् ।
प्रधानमन्त्रीको भनाइले आफूहरू निकै दुःखी र आक्रोशित भएको बताउँदै उनले सो अभिव्यक्ति प्रधानमन्त्री स्वयंको मुखबाट सच्याइनुपर्ने अडान राखेका छन् । ‘देश रहनका लागि भूगोल चाहिन्छ, भूगोल बिनाको देश हुँदैन,’ उनले भने, ‘प्रधानमन्त्रीको मुखबाट निस्किएको शब्द उहाँकै मुखबाट सच्याउनुपर्छ।

















