Logo

२५ जेठ, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले जारी राखेको विरोध र अवरोधका कारण प्रतिनिधिसभाको बैठक मंगलबारका लागि सारिएको छ ।

सोमबारको बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूको चर्को नाराबाजी र अवरोधपछि सभामुखले सुरुमा १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । संसद् सचिवालयले विशेष कारण जनाउँदै आजका लागि निर्धारित बाँकी कार्यसूची मंगलबार (जेठ २६ गते) सम्मका लागि परिवर्तन गरिएको जानकारी दिएको छ । प्रधानमन्त्रीले संसद्‌मा आएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने र माफी माग्नुपर्ने अडानमा विपक्षी दलहरू एकमत रहेका कारण सोमबारको बैठक थप अघि बढ्न नसकेको हो ।


सम्बन्धित समाचार
भर्खरै