२९, जेठ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सुधन गुरुङलाई फेरि गृहमन्त्री बनाएकोमा आपत्ति जनाएका छ ।
कांग्रेसका सांसद भरतबहादुर खड्काले आज प्रतिनिधि सभाको बैठकमा बोल्दै गुरुङलाई फेरि गृहमन्त्री बनाएकोमा आपत्ति जनाउनु भएको छ।
बैठकमा बोल्दै कांग्रेस सांसद खड्काले सम्पत्तिसम्बन्धी लगायत आरोप लागेका तथा राष्ट्रिय मानव अधिकार आयोगले समेत जेनजी आन्दोलनको छाननिबनको गर्नुपर्ने भनेर सिफारिस गरेका गुरुङलाई फेरि जिम्मेवारी दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
सरकारले दोषीमाथि कारबाही गर्नुको साटो पुरस्कार दिने काम गरिरहेको आरोप लगाउँदै सुशासनको गफ हाँक्ने सरकारले आफनालाई जोगाउने र पुरस्कार दिने काम गरिरहेको सांसद खड्काको भनाइ छ ।
सांसद खड्काले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अडान पनि दोहोर्याउनु भएको छ ।
















