Logo

२२ वैशाख,वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न बजेटमा विशेष व्यवस्था गरिने बताउनुभएको छ । उद्यमी घरको वृहत् मेला तथा प्रदर्शनी तथा उद्घाटन समारोहमा मन्त्री रिजालले स्वदेशी उत्पादनको प्रवर्द्धन बढाउने कार्यक्रम आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा राखिने बताउनुभएको हो ।

सरकारले १५ प्रतिशत महँगो पर्ने भएपनि सरकारी कार्यालयमा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने नीति राखेपनि त्यो कार्यान्वयनमा नआएको मन्त्री रिजालको भनाई थियो । यसलाई कार्यान्वयनमा ल्याउनेबारे मन्त्रीपरिषद्मा छलफल गरिने मन्त्री रिजालले जानकारी दिनुभयो । उहाँले यसबारे अब क्याबिनेटको मिटिङमा जानकारी गराउने आश्वासन दिनुभएको छ । उद्यमीले उत्पादन गरेका सामानको बजारीकरणमा मन्त्रालयले पूर्ण सहयोग गर्ने मन्त्री रिजालको तर्क छ ।

उद्यमी घर सबै उद्यमीले उत्पादन गरेका सामान पाइने भएकाले उद्यमीहरूले उत्पादन गरेका सामान पाइने सुपर मार्केट भएको मन्त्री रिजालले जानकारी दिनुभयो । साना उद्यमीले उत्पादन गरेका सामानले बजार नपाउँदा स्थानीय तहले दिएको तालिम खेर गईरहेको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको भनाई छ । बजारीकरणलाई सरकारले विशेष प्राथमिकतामा राखे रोजगारी बढ्नुका साथै राजस्वमा समेत वृद्धि हुने उहाँको भनाई थियो ।

नेपाली उत्पादनको प्रोत्साहन र उपयोगका लागि सरकारले नीतिगत व्यवस्था गर्नुका साथै कार्यान्वयनमा ल्याउनु पर्ने उद्यमी घरका सञ्चालक दीपक कार्कीले बताउनुभएको छ । कार्कीका अनुसार उद्यमी घरको प्रदर्शनी भोलीसम्म चल्नेछ । उक्त अवसरमा उद्यमी घरको सामान खरिदमा १० प्रतिशत छुट को व्यवस्था गरिएको छ ।


सम्बन्धित समाचार