Logo

२२ वैशाख,वीरगञ्ज । पर्साको पर्सागढीमा शान्तिको अग्रदुत गौतम बुद्धको २५६७ औं जन्म जयन्ती आज पर्सागढिमा पनि पुजा अर्चना तथा बुद्ध प्रबचन गरि मनाईएको छ । बैशाख शुक्ल पूर्णिमाको दिन आज मनाईने बुद्ध जयन्तिको अवसरमा तम्बा छयोलिङ्ग विश्व उद्दार गुम्बा बडनिहारले बिहानै ¥याली निकालेको थियो ।

गुम्बाको प्राङ्गणबाट निकालिएको ¥यालिमा विस्वमा शान्ती कायम गरियोस्, हत्या हिंसा बन्द गरियोस्, बुद्धम शरणम गच्छामी जस्ता नारा लगाई बडनिहार बजार परिक्रमा गरि पुन गुम्बामा पुगि शान्तिको कामना गर्दै बत्ति बालेर वङ्ग तथा बुद्ध प्रबचन कार्यक्रम गरिएको तम्बा छयोलिङ बिश्व उद्दार गुम्बाका अध्यक्ष सुर्तिराम तामाङ्गले बताउनुभयो ।

शान्तिको कामना गर्दै नेपाल लगायत बिश्वका बौद्ध धर्मावलम्बीहरुले धुमधामका साथ आज बुद्ध जयन्ती मनाईरहेका छन्


सम्बन्धित समाचार