२२ वैशाख, ठोरी । पर्साको ठोरी गाउँपालिकामा नेपाल तामाङ घेदुङ ठोरी गाउँसमितिले धर्म देशना तथा प्रवचन कार्याक्रमको आयोजना गरेको छ । २५६७ औँ बुद्ध पूर्णिमाको पावन अवसरमा आज बिहान ७ बजेदेखि नै साङक रिन्छेन लिङ बौद्ध गुम्बा ठोरी ४ घ्याङडाँडामा कार्यक्रमको आयोजना गरिएको हो ।
परम पुज्य धर्मगुरु फुच्युङवा रिन्पोछेको प्रमुख आतिथ्यमा प्रवचनको आयोजना गरिएको नेपाल तामाङ घेदुङ ठोरीका अध्यक्ष जितु पाख्रीले बताउनुभयो ।


















