वैशाख २२वीरगञ्ज । वीरगञ्जको मुर्लिस्थित केहि समय अघि बन्द भएको भरपेट भोजनालय पुनः संचालनमा आउने तयारी भएको छ । विगत ३ महिना अघि खर्च बढि तर आम्दानी भने कम हुदाँ बन्द भएको भोजनालय कसरी संचालन गर्ने भन्ने विषयमा आज पत्रकार सम्मेलनको आयोजना गरि छलफल गरिएको थियो ।
छलफलका क्रममा भरपेट भोजनालय फेरी संचालनमा ल्याईने सानोपाईला संस्थाका सञ्चार अधिकारी विवेक कर्णले बताउनुभयो । ०७८ साउन २१ गते उद्घाटन भई सञ्चालनमा आएको भोजनालयवाट १ लाख मानिसहरुले लाभ उठाएका थिए । कोरोनाको समयमा सञ्चालन भएको उक्त भोजनालयले गरिब मजदुर, विद्यार्थीलाई ५० रूपैँयामै पोषणयुक्त खाना खुवाउदै आएको थियो ।
भोजनालयले १७ महिनाको अवधिमा १ लाख भन्दा बढि मानिसहरुलाई ५० रुपँैयामै खाना खाएको कर्णको भनाई छ । करिब १७ महिनाको अवधिमा भरपेट भोजनालयले ४९ लाख ५५ हजार ३ सय ९१ रुपैँया आम्दनी गरेको थियो । भने ७८ लाख ३० हजार १ सय १५ रुपैँयाको खर्च भएको उहाँले जानकारी दिनुभयो ।
यसरी घाटा व्योहोर्दै सञ्चालित सो भोजनालयमा समुदायबाट कुनै पनि सहयोग प्राप्त नभएको भरपेट भोजनालयका सञ्चालक भाजु राउत कुर्मीले बताउनुभयो । सञ्चालक कुर्मीले समाजमा रहेका व्यापारी, बैकंर्स, उद्योगी एवम् सामाजिक अभिायान्ता लगायतसँग मिलेर भोजनालय सञ्चालन गर्ने सहमति भएकोमा कसैले साथ नदिदाँ भोजनालय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको जानकारी दिनुभयो ।
भरपेट भोजनालयमा पहिले १ सय ५० देखि २ यसको हाराहारीमा मानिसहरुले सेवा लिईरहेका थिए ।


















