Logo

२२ बैशाख वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकास्थित सुवर्णपुरमा सुनाखरी मध्यवर्ती उपभोक्ता समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

गौतम बुद्धको २५६७ औँ जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रकृति सरंक्षण एनटिएनसिको आयोजनामा आयोजित रक्तदानमा ३ जना महिला सहित ४० जनाले रक्तदान गरेका छन् । स्वागत मन्तव्य सुनिता बुढाथोकीले व्यक्त गर्नुभएको कार्यक्रममा सुवर्णपुर निवासी हरि बहादुर बुढाथोकीले २२ पटक रक्तदान गर्नु भएकोमा गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ तथा समितिका अध्यक्ष भिम बहादुर पाख्रीनले उहाँलाई खाँदा ओडाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्साका प्राविधिकले प्राविधिक सहयोग उपलब्ध गराएको समितिका सचिव जिवन श्रेष्ठले बताउनुभयो ।


सम्बन्धित समाचार