Logo

२३ वैशाख,कलैया । नेपाल प्रेस युनियन बाराको अध्यक्षमा श्यामबाबु यादव पुनः सर्वसम्मत निर्वाचित हुनु भएको छ । कलैयामा राती सम्पन्न सातौ जिल्ला अधिवेशनले यादवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

यादव दोस्रो कार्यकालका लागी अध्यक्षमा निर्वाचित हुनु भएको हो । युनियनको जिल्ला उपाध्यक्षमा बसन्त खतिवडा र अनिल साह, सचिवमा राजेश कुश्वाहा, सह सचिवमा विनिता चौधरी र कोषाध्यक्षमा अरुण साह निर्वाचित हुनु भएको प्रमुख निर्वाचन अधिकृत एकरामुल हकले जानकारी गराउनु भयो ।

त्यसैगरी सदस्यहरुमा रवीन्द्र साह, राहुल गुप्ता, पवन सिंह, चन्दन कुमार चन्दन, प्रभु यादव, अञ्जली गुप्ता, विनयराज शर्मा, नुरआलम बादशाह र सन्दिप यादव निर्वाचित हुनु भएको हो ।


सम्बन्धित समाचार