Logo

२३ वैशाख, धनुषा । धनुषाको पूर्व–पश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको हाहाकार भएको छ । अत्याधिक बढ्दो गर्मी र समयमै वर्षा नहुँदा यस क्षेत्रमा खानेपानीको हाहाकार भएको हो ।

नक्टाझिज, ढल्केवर, जमुनिवास, भुचक्रपुर, लक्ष्मीनिवास, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, लवटोली, दिगम्बरपुरसहित दर्जन बढी गाउँमा पानीको समस्या चर्किँदै गएको छ । यहाँका मुहान सुकेका छन् । धारा, कुवा र इनारमा रातभर लाइन बस्न बाध्य छन् । इनार, बोरिङ, हाते पम्प र पोखरीलगायतका अधिकांश पानीका स्रोत सुकेको स्थानीय बताउँछन् ।

नुहाउनका लागि तीन घन्टा टाढासम्म पुग्न बाध्य भएको उनले बताए । लामाका अनुसार पानी अभावकै कारण खुला शौच बढेको छ । लुगा धुन र नुहाउन भनेर कमला नदी पुग्नुपर्ने बाध्यता निम्तिएको छ । लक्ष्मी निवासका दीपेन्द्र सिंहले यस ठाउँमा झन्डै १० इनार रहेपनि तर सात इनारमा हिजोआज पानी पाउन छाडिसकेको बताउनुभयो ।

मधेस प्रदेश चुरे संरक्षण र विकास अनुसन्धान विज्ञ नागदेव यादवका अनुसार अत्याधिक चुरे दोहनले यस क्षेत्रमा पानीको समस्या उत्पन्न भएको हो । त्यसैगरी जनकपुरको पीडारीचोक, रमानन्दचोक, किशोरी नगर र आनन्द नगर लगायतका क्षेत्रमा वैशाखको पहिलो सातादेखि नै अधिकांश कल सुक्न थालेका छन् ।

एक सयदेखि दुई सय फिटसम्म कल पूरै सुकेको छ भने दुई सय ५० फिट र त्यसभन्दा बढी गाडिएका कलमा समेत दिनभरि पानी नआउने समस्या देखिएको मुजेलियाका सतिशलाल कर्णले बताए । पछिल्लो तीन–चार वर्षको अवधिमा जनकपुर नगर क्षेत्रमा पनि चापाकल सुक्न थालेपछि ठूलो सङ्ख्यामा सर्वसाधारण समस्यामा परेका छन् ।

मोटरले पनि तान्न छाडेपछि पानीको जोहो गर्न बाल्टी र बोतल बोकेर भौँतारिनुपर्ने अवस्था आएको जनकपुर उपमहानगरपालिका पुलचोकका विनोद साहले बताए ।

 


सम्बन्धित समाचार