Logo

१५ असार, काठमाडौं । रुपन्देहीमा भन्सार छली गरेर ल्याएका ३५ थान आईफोन र एक मोटरसाइकलसहित एक जना युवक पक्राउ परेका छन् ।

रुपन्देही, कोटहीमाई गाउँपालिका–५ बेनीनगरबाट सोही गाउँपालिका वडा नम्बर २ का ३६ वर्षीय पवनकुमार मुरावलाई पक्राउ गरेको नेपाल प्रहरीले जानकारी दिएका छन् ।

उनले ३५ थान आईफोन भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको प्रहरीले बताएका छन्। जसको मूल्य २० लाख ५० हजार रुपैयाँ बराबर रहेको भनिएको छ ।

मुरावले चलाएको यूपी ५३ डीएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा ती आइफोनहरू फेला परेको प्रहरीले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार