Logo

१६ असार, काठमाडौँ । शैक्षिक परामर्श संस्था (एजुकेशन कन्सल्टेन्सी) सञ्चालनका लागि शिक्षा मन्त्रालयले अप्ठेरा शर्त अगाडि सारेको भन्दै व्यवसायी आक्रोशित भएका छन् ।

मन्त्रालयले मस्यौदा गरेको एजुकेशन कन्सल्टेन्सी सञ्चालन सम्बन्धी नियमावलीमा १३ किसिमका शर्त अगाडि सारेको छ । त्यसमा सम्बन्धित संस्थाको आफ्नै भुकम्प प्रतिरोधी भवन हुनुपर्ने, त्यहाँ दमकल र एम्बुलेन्स पुग्नु पर्ने जस्ता शर्त छ । उक्त मस्यौदा हाल अर्थ मन्त्रालय हुँदै कानुन मन्त्रालयमा जाने प्रक्रियामा रहेको स्रोतले जानकारी दिएको छ ।

मापदण्डको पहिलो नम्बरमा ‘संस्थाको आफ्नै कार्यालय भवन भएको हुनुपर्ने वा न्यूनतम तीन वर्षको लागि घरभाडा सम्झौता भएको हुनुपर्ने’ उल्लेख छ ।

तर, त्यस्तो भवन औद्योगिक क्षेत्र र मूल सडकबाट केही टाढा, भूकम्प प्रतिरोधी हुनुपर्ने, दमकल र एम्बुलेन्स पुग्नसक्ने हुनुपर्नेजस्ता शर्त राखिँदा व्यवसाय सञ्चालनमा समस्या हुने नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का उपाध्यक्ष वासुदेव दाहालले बताएका छन् ।

यस्ता छन् मस्यौदा मापदण्ड

१) संस्थाको आफ्नै कार्यालय भवन भएको हुनुपर्ने वा न्यूनतम तीन वर्षको लागि घरभाडा सम्झौता भएको हुनुपर्ने,

२)संस्थाको इमेल, वेभसाइट र टेलिफोन हुनुपर्ने,

३)संस्था औद्योगिक क्षेत्र र मूल सडकबाट केही टाढा, तर दमकल र एम्बुलेन्स पुग्न सक्ने बाटो भएको स्थानमा हुनुपर्ने,

४) संस्था सञ्चालन हुने भवनको कोठा भुई देखि सिलिङ सम्मको उचाई घटिमा ९ फिट हुनुपर्ने साथै प्रशस्त प्रकाश छिर्ने र क्रस भेण्टिलेशन भएको वा वातानुकूलित हुनुपर्ने,

५)भवन भुकम्प प्रतिरोधक प्रविधिबाट निर्मित हुनुपर्ने,

६) भवनमा ँष्चभाष्नजतष्लन क्थकतझ जडान भएको हुनुपर्ने,

७) प्रशासनिक कार्यका लागी छुट्टै कार्यकक्षको व्यवस्था हुनु पर्ने,

८) भवन र भवन भित्रका पूर्वाधारहरु अपाङ्गमैत्री हुनु पर्ने,

९) भवनमा सफा र सुविधा युक्त महिला, पुरुष तथा अपाङ्गता मैत्री शौचालय अलग अलग हुनुपर्ने र ःगतिष्(कतयचथ द्यगष्मिष्लन मा भने प्रत्येक तलामा शौचालयको व्यवस्था हुनु पर्ने,

१०)सफा र स्वाच्छ खाने पानीको निःशुल्क व्यवस्था हुनु पर्ने,

११)सन्दर्भ सामग्री, विषयसँग संबन्धित जर्नल, म्यागाजिन, न्यूज पेपर इत्यादि उपलब्ध भएको तथा विद्यार्थीहरूलाई अध्ययन गर्न यथेष्ट स्थान भएको एक पुस्तकालयको व्यवस्था हुनु पर्ने,

१२) कक्षा कोठामा विद्यार्थीहरू हिड्न, बस्न र अध्ययन गर्न सुविधा युक्त फर्निचरको व्यवस्था हुनु पर्ने,

१३) विद्यार्थीहरूले सहज रुपमा प्रयोग गर्न सक्ने गरी इन्टरनेट सुविधाको व्यवस्था हुनुपर्ने ।


सम्बन्धित समाचार
भर्खरै