१७ असार, काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको छ ।
१० दिनअघि भैंसेपाटीस्थित आफ्नै निवासमा अचानक लडेर घाइते भएपछि उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
उहाँको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार (अन्त्यष्टि) गर्ने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाल प्रहरीमा एक कुशल र व्यावसायिक अधिकृतको छवि बनाउनुभएका चन्दको असामयिक निधनले प्रहरी वृत्त र समाजमा


















