Logo

१७ असा, काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम प्रसाद उपाध्याय कानुनी झमेलामा परेका छन् ।

सामाजिक सञ्जालमार्फत नेपाल मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेको चरित्रहत्या गरेको र भ्रम फैलाएको भन्दै काउन्सिलले उनीविरुद्ध बुधबार साइबर ब्युरोमा उजुरी दर्ता गराएको छ ।

भोटाहिटीस्थित ब्युरोमा दिइएको उजुरी अनुसार, पूर्वसचिव उपाध्यायले असार १६ गते आफ्नो प्रमाणित फेसबुक पेजबाट डा। पाण्डेको तस्विर अनधिकृत रूपमा प्रयोग गर्दै भ्रामक र निन्दनीय पोस्ट गरेका थिए ।

उक्त पोस्टमा उनले काउन्सिलका पदाधिकारीहरूमाथि गालीगलौज गर्दै ‘ नक्कली डाक्टरको आरोप लगाई प्रहरीमा जाहेरी दिने र ७ दिन हिरासतमा राख्ने प्रपञ्च गरेको ’ आरोप लगाएका थिए ।

यता काउन्सिलले भने आफूहरूमाथि लागेको आरोपको खण्डन गरेको छ। काउन्सिलमा दर्ता नै नभएका व्यक्तिहरूले एलोप्याथी औषधि प्रेस्क्रिप्सन गर्ने र रेडियोलोजिष्टले गर्ने एमआरआई जस्ता संवेदनशील काम गरेको उजुरी परेपछि छानबिन गरिएको काउन्सिलको भनाइ छ ।

सोही छानबिनका आधारमा दोषी देखिएकाहरूमाथि कानुनी कारबाही अगाडि बढाइएको र उक्त मुद्दा हाल अदालतमा विचारधीन रहेको अवस्थामा पूर्वसचिवबाट यस्तो भ्रामक प्रचार भएको काउन्सिलले जनाएको छ ।


सम्बन्धित समाचार
भर्खरै