Logo

२६ वैशाख,वीरगञ्ज ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया– २ को आयोजनामा आज ‘महिला हिंसा तथा आगलागी सम्बन्धि जनचेतनामूलक घरदैलो तथा पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न भएको छ ।

“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाको नेपाली टोलमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा महिला हिंसाको बारेमा जनचेतनाका लागि घरदैलो तथा पर्चा पम्प्लेट वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वडा न.२ महिला वडा सदस्य संगीता थापा भुजेलले महिला हिंसाको बारेमा जानकारी गराउँदै यसबाट बच्न र रोकथाम न्यूनीकरण गर्न महिलाहरुले नै पहिले आवाज उठाउन जरुरी रहेको बताउनुभयो ।

उहाँले महिला हिंसा न्यूनीकरणका लागि सामुदायिक सेवा केन्द्र तथा नेपाल प्रहरीले सहयोग गर्नुपर्ने बताउनुभयो । थापाले अहिलेको २० औं शताब्दीमा पनि महिला पीडित हुनु भनेको विडम्वना रहेको बताउदै महिला हिंसा गर्नेहरुलाई सामाजिक बहिष्कार गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी अहिलेको सुक्खा मौसममा लापरबाहीले गर्दा गाउँघरमा हुने आगलागिबाट कसरी बच्ने र बचाउने भन्ने बारेमा पनि जनचेतना मुलक घरदैलो कार्यक्रम तथा पर्चा पम्प्लेट समेत बितरण गरिएको थियो । सामुदायिक सेवा केन्द्र छपकैया–२ का वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सामुदायिक सेवा केन्द्र छपकैयाका सदस्य अजित कुमार भुजेलले जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार