Logo

२६ वैशाख,वीरगञ्ज ।विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी छपकैयाको उपशाखाले नारायणी अस्पतालमा फलफुल बितरण गरेको छ । छपकैया उपशाखाका सभापती श्यामसुन्दर साहको अध्यक्षतामा अस्पतालका २०० जना बिरामीहरुलाई फलफुल बितरण गरिएको हो ।

रेडक्रसका जन्मदाता हेनरी ड्युना को जन्मजयन्तीको दिवसमा विश्व रेडक्रस दिवस मनाइने गरिन्छ ।  बिशुद्ध मानवसेवाको भावनालाई आत्मसात गरि मनै देखि सेवा गर्ने लक्ष्यलाई हामिसबैले परिपालन गर्नु पर्दछ र मानव भयेर मानवसेवामा लाग्नु पर्दछ , सेवा नै सर्बोत्तम धर्म हो कर्म हो भनी सबैलाइ मानवता मजबुत हुन्छ ।

सो अवसरमा उपशाखाका ग्यासुदिन ठकुराइ , समाजसेवी भोला कलवार, मिन्टुदेवी सिंह वडा कार्यालय बिर्ताका प्रहरी उपनिरीक्षक बिदुर प्रसाद सिवाकोटी लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार