Logo

२४ असार, काठमाडौं । होर्मुज स्ट्रेटमा व्यावसायिक जहाजमाथि भएको आक्रमणको जवाफमा अमेरिकाले इरानको रणनीतिक सैन्य संरचनालाई लक्षित गरी भीषण हवाई कारबाही गरेको छ ।

अमेरिकी सेन्टकमका अनुसार, मङ्गलबार राति अमेरिकाले इरानका ८० भन्दा बढी स्थानमा सटिक प्रहार गर्दै हवाई रक्षा प्रणाली, राडार, एन्टी(सिप क्षेप्यास्त्र र दर्जनौँ साना डुङ्गाहरूलाई निसाना बनाएको हो ।

दक्षिणी इरानका केश्म, बन्दर अब्बास र खार्ग टापुजस्ता सामरिक महत्वका क्षेत्रहरूमा ठूला विस्फोट भएका छन् । व्यावसायिक जहाजको सुरक्षाका लागि भन्दै गरिएको यो ुजवाफी कारबाहीुले मध्यपूर्वको भू(राजनीतिक अवस्थालाई पुनः युद्धको सङ्घारमा धकेलिदिएको छ ।

अमेरिकाको यो सैन्य कदमपछि इरान आक्रामक मुद्रामा देखिएको छ। इरानको खताम–अल–अन्बिया सैन्य मुख्यालयले यसलाई ुखुला अतिक्रमणुको संज्ञा दिँदै ुविनाशकारी जवाफु दिने चेतावनी दिएको छ ।

यता, इरानका शीर्ष वार्ताकार मोहम्मद बाकर गालिबाफले धम्की र जबर्जस्तीको युग समाप्त भएको बताउँदै कुनै पनि हालतमा नझुक्ने स्पष्ट पारेका छन् । तनाव उत्कर्षमा पुगेसँगै इरानले आफ्नो तेल निर्यातमा लगाइएको अमेरिकी प्रतिबन्धले इस्लामाबाद सम्झौताको ठाडो उल्लङ्घन भएको दाबी गरेको छ ।

यो सैन्य झडपको प्रत्यक्ष र तत्काल असर विश्व बजारमा देखिन थालेको छ। कच्चा तेलको मूल्यमा २।७ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल ७२।४० डलर पुगेको छ, जसले लगानीकर्ताहरूमाझ बढ्दो मुद्रास्फीति र आर्थिक अस्थिरताको त्रास फैलाएको छ। एकातर्फ अमेरिकाले इरानी तेलमाथिको छुट फिर्ता लिएको छ भने अर्कोतर्फ कतारले घटनाको निन्दा गर्दै इरानलाई जिम्मेवार ठहराएको छ ।

यसैबीच, बहराइनमा हवाई आक्रमणको साइरन बजेका छन् भने मृत नेता खामेनीको अन्त्येष्टिको तयारीका बीच इरानी राष्ट्रपति तेहरान फर्किएका छन् । दुई शक्ति राष्ट्रबीचको यो टकरावले समग्र मध्यपूर्व क्षेत्रमा थप द्वन्द्व र अस्थिरताको जोखिम बढाएको छ ।


सम्बन्धित समाचार