Logo

२५ असार, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको निर्माण क्षेत्रमा देखिएका जटिल समस्या र तिनको समाधानका उपायबारे छलफल गर्न आज निर्माण व्यवसायीहरूसँग संवाद गर्दैछन् ।

निर्माण क्षेत्रमा विद्यमान व्यावहारिक चुनौतीहरू तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा केन्द्रित रहेर प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बिहान साढे ११ बजे औपचारिक छलफल सुरु हुनेछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, विकास निर्माणको कामलाई गति दिने उद्देश्यले हुन लागेको यो संवादमा नेपाल निर्माण व्यवसायी महासङ्घका उच्च नेतृत्वको सहभागिता रहनेछ । छलफलमा महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे र बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा सहभागी हुनेछन् ।

साथै, महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछानेसमेत उक्त बैठकमा उपस्थित भई निर्माण क्षेत्रका समस्या र सरकारबाट अपेक्षा गरिएको सहयोगका विषयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।


सम्बन्धित समाचार
भर्खरै