Logo

२७ वैशाख,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा नं. ६ शिव टोल स्थित निर्माण भईरहेको एकिकृत डोम बस्तीको प्रदेश सभा सदस्य श्याम पटेलले निरिक्षण गर्नुभएको छ । डोम समुदायका लागि पर्सागढि नगरपालिकाको ७० लाखको लागतमा २ कठा १० धुरमा निर्माण भईरहेको शौचालय, कम्पाउण्ड, गेट सहित ३२ वटा कोठाको उहाँले आज निरीक्षण गर्नुभएको हो ।

उक्त सथानको निरीक्षण गर्दै प्रदेस सभा सदस्य पटेलले पर्सागढि नगरपालिकामा नमुना कार्यको सुरुवात भएको जानकारी दिनुभएको छ । भत्किन लागेको छाप्रो मुनि निकै कष्टकर अवस्थामा गुजारा गरिरहेका उनीहरुका लागि नगरपालिकाले गरेको यस एकिकृत बस्ती निर्माण गर्ने कार्यमा आफूले पनि सक्दो सहयोग गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बस्ती निरिक्षणका क्रममा पर्सागढि नगरपालिका नगरप्रमुख गोकर्ण पाठक, वडा न ६ का वडाध्यक्ष नवल किशोर कलवार, युवा नेता बैकुण्ठ श्रीवास्तव, जङ्गबहादुर दास थारु लगायतको उपस्थिति रहेको थियो ।

 


सम्बन्धित समाचार