Logo

२७ वैशाख,बारा । नेपाली कांग्रेसकी सांसद एवम् नेत्रृ डा.आरजु राणा देउवालाई बाराको सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको छ । काठमाण्डौबाट सिमरा विमानस्थल आईपुग्नुभएकी सांसद आरजुलाई काग्रेंस नेता कार्यकर्ता लगायत उहाँका शुभ चिन्तकले माला तथा खादाँ ओढाएर विमानस्थलमै भव्य स्वागत गरेका हुन् ।

नेपाली कांग्रेस पर्साका अध्यक्ष तथा प्रदेश सांसद जर्नादन सिंह क्षेत्री, संविधान सभा सदस्य अनिल रुङटा, नेपाली कांग्रेस पर्साका सचिव एवम् वीरगञ्ज महानगरपालिका उपप्रमुख ईम्तियाज आलम, पर्सागढी गाउँपालिकाका पूर्वमेयर लोकनारायण यादव, बहुदरमाई गाउँपालिकाका पूर्वमेयर नितेन्द्र साह, नेपाली काग्रेंसका पोखरिया नगरपालिकाका सचिव धर्मराज यादव, वीरगञ्ज महानगरपालिकाका उपप्रमुखका स्वकिय सचिव शेष कुमार हजरा, युथ काग्रेंसका मधेश प्रदेश सदस्य राहुल कुमार गुप्ता लगायतले विमानस्थलमा सांसद आरजुलाई दोसल्ला तथा फूलको माला लगाई भव्य स्वागत गरेका थिए ।

 


सम्बन्धित समाचार