Logo

२७ वैशाख,वीरगञ्ज । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटको तयारी थालेको छ । असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकार बजेटको तयारीमा जुटेको मधेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवले जानकारी दिनुभयो ।

मन्त्री यादवले अर्थ विज्ञ, बुद्धिजीवी, राजनीतिक दल, व्यवसायी लगायतसँग छलफल गरी जनमुखी तथा प्रदेशलाई मध्यनजर गरी बजेट ल्याउने तयारी थालिएको बताउनुभयो । कृषि, पर्यटन, स्वास्थ्य सहितलाई रोगजार सिर्जना गर्ने गरी बजेट ल्याउने तयारी भईरहेको मन्त्री यादवको भनाई छ ।

अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले बजेटको मार्गनिर्देशन र बजेटको सिलिङबारे सबै मन्त्रालय र प्रदेश सरकार मातहत रहेको बजेट खर्च संयन्त्रलाई जानकारी गराईसकेको बताउनुभयो ।सङ्घीय सरकारले चालु आर्थिक वर्षको भन्दा २० प्रतिशत कम अर्थात २० अर्बको मात्र बजेट सिलिङ पठाएको उहाँको भनाई छ ।


सम्बन्धित समाचार