Logo

२८ वैशाख,बारा । शासन व्यक्तिले होईन विधिले गर्नुपर्छ भन्ने कुराको चरितार्थ जीतपुरसिमरा उपमहानगरपालिकाले गरेको छ । नगरप्रमुख राजन पौडेल नेतृत्वको जनप्रतिनिधिहरुले करिब एक बर्षको कार्यकालमा २५ वटा कानुनहरु निर्माण गरेका छन् । जसमा आठवटा ऐनहरु, १४ वटा कार्यविधिहरु र ४ वटा निर्देशिकाहरु रहेका छन् । यसभन्दा अगाडि निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो पाँच बर्षको कार्यकालमा जम्मा २१ वटा कानुन निर्माण गरेका थिए । जसमा १० वटा ऐन, ८ वटा कार्यविधि र तीनवटा नियमावली रहेका थिए ।

जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलको कार्यकालमा बनाईएका कर्मचारीहरुको संगठनात्मक संरचना, सिमरा स्वास्थ्य चौँकीलाई जीतपुरसिमरा नगर अस्पतालमा परिणत, वडा स्तरीय योजनाहरुको सम्झौतादेखि कार्य आदेशसम्मका अधिकार वडामै प्रत्यायोजन र व्यवसाय दर्ता तथा नविकरण गर्ने कार्य वडामा प्रत्यायोजन, अधारभुत तह (कक्षा ८ )परिक्षा सञ्चालन तथा ब्यवस्थापन लगायतको मुख्य कार्यहरुले नगरवासीमा खुसि छाएको छ ।

बहालवाला जनप्रतिनिधिहरुले आमसञ्चार ऐन, खानेपानी तथा स्वच्छता सम्बन्धि ऐन, खेलकुद बिकास ऐन, नगर प्रहरी ऐन, भाषा कला सँस्कृति सम्बन्धि ऐन, सिँचाई ऐन, वन ऐन, स्थानीय बजार व्यवस्थापन तथा अनुगमन ऐन, गैह्र सरकारी संस्था सञ्चालन तथा व्यवस्थापन निर्देशिका, घरबहाल व्यवस्था निर्देशिका, स्वास्थ्य संस्था दर्ता, अनुमती तथा नविकरण सम्बन्धि निर्देशिका, अटो, ईलेक्ट्रीक रिक्सा तथा टेम्पो रुट ईजाजत, कार्यविधि, अनुदान तथा आर्थिक सहायता कार्यविधि, आधारभुत तह परिक्षा सञ्चालन तथा व्यवस्थापन कार्यविधि,

छात्रवृत्ति कार्यक्रम सञ्चालन कार्यविधि, टोलबिकास समिती गठन तथा परिचालन कार्यविधि, नदीजन्य पदार्थ उत्खनन्, संकलन र बिक्रि वितरण सम्बन्धि कार्यविधि, नगर युवा परिषद कार्यविधि, फोहर मैला व्यवस्थापन कार्यविधि, लैङ्गिक हिँसा व्यवस्थापन कार्यविधि, सचिवालय गठन तथा सञ्चालन नियमावली, प्रधानाध्यापक छनोट तथा ब्यवस्थापन कार्यविधि, संस्थागत विद्यालय वर्गिकरण तथा शुल्क निर्धारण कार्यविधि र सामुदायिक विद्यालय समायोजन कार्यविधि निर्माण भएको जितपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।


सम्बन्धित समाचार