Logo

२८ वैशाख, पचगावाँ। पटेर्वा सुगौली गाउँपालिका स्वास्थ शाखाको आयोजनामा र श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय रामपुर पर्साको प्राङ्गणमा वडा स्तरीय पुर्ण युक्त खोप वडा घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ पटेर्वा सुगौली गाउँपालिकालाई “पूर्ण खोप गाउँपालिका घोषणा कार्यक्रम” सम्पन्न भएको हो । गाउँ पालिकाको वडा नम्बर.२,४ र ५ गत आर्थिक वर्ष मै घोषणा भईसकेको र हाल दुई वटा वडा घोषणा गर्न मात्र बाकी रहेको थियो । वडा नम्बर १ र ३ गरि दुई वटा एकै साथ आज एक कार्यक्रमको बीच घोषणा गरेर पालिकानै पुर्ण खोप युक्त वडा घोषणा गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि दिनेश चौधरीले पालिका भरिका सम्पुर्ण वडाका बालबालिकाहरुले नेपाल सरकारले सुचिकृत गरेको सबै किसिमको खोप लगाई सकेपछि पालिका घोषणा गरिएको बताए े आगामी दिनमा पालिकाबाट स्वास्थ धेरैमा छुट्टाछुट्टै परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गर्दै आफू पुर्ण निरंतरता राखन पालिका तयार रहने बताएका उनले बताए ।

कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव,स्वास्थ शाखा प्रमुख भुजेन्द्र प्रसाद यादव,सह संयोजक जगन्नाथ साह,जिल्ला स्वास्थ कार्यालय पर्साका प्रमुख नवल किशोर साह,स्वास्थ निरीक्षक जयमोद ठाकुर,स्थानीय पत्रकार प्रमोद यादव अतिथि उपाध्यक्ष ममता महतो,वडा अध्यक्षहरु फरमान मिया अन्सारी,माधव राउत थारु,बासु पजियार,विपिन मुखिया,लगाएत स्वास्थकर्मी,जन समुदाय लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले गर्नु भएको थियो । वडा भरिका सम्पुर्ण जिम्मेवार ब्यक्ति संयुक्त रुपमा हस्ताक्षर गरेर पालिका पुर्ण युक्त वडा घोषणा गरेको थियो ।
सबै वडाका स्वास्थ्य चौकीका कर्मचारीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, विभिन्न पार्टीका पार्टी प्रतिनिधिहरू लगाएतको उपस्थिति रहेको थियो ।

 


सम्बन्धित समाचार