३१ असार, काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएका छन् ।
सवा १२ बजे बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकमा संसद्को विजनेशबारे छलफल हुनेछ ।कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएपछि बिहान ११ बजे बस्ने तय भएको प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि सरेको छ ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमलेराष्ट्रिय मानव अधिकार आयोगको अठारौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।
राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन पनि आजै पेस गर्ने कार्यसूची छ ।
अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने बिधेयक माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसपछि सन्धिमाथि छलफल र अनुमोदनको कार्यसूची छ ।युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धीमाथि सदनमा छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन् ।
आजै अनुमोदन गर्ने कार्यसूची छ ।अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, माथि छलफल गर्ने र अनुमोदन गर्ने कार्यसूची छ ।



















