Logo

३१ असार, काठमाडौँ ।सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहित एकैपटक ६ सचिवको सरुवा गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विभिन्न मन्त्रालय तथा कार्यालयका सचिवहरुको जिम्मेवारी हेरफेर गरिएको हो । राष्ट्रिय सतर्कता केन्द्र तथा विज्ञान प्रविधि, महिला र उद्योग मन्त्रालयका सचिवहरु पनि परिवर्तन भएका छन् ।

प्रधानमन्त्री कार्यालयका शर्मा अख्तियारमा

अख्तियारका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा लगिएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव डिल्लीराम शर्मालाई अख्तियारमा पठाईएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा पठाईएको छ भने सतर्कता केन्द्रमा पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीको सरुवा गरिएको छ ।

पदबहालीको तयारी

महिला, बालबालिका मन्त्रालयकी राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको अतिरिक्त समुहमा रहने गरि सरुवा गरिएको छ । सो मन्त्रालयमा भने उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतको सरुवा गरिएको छ ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले गरेको सरुवाको निर्णय अनुसार सचिवहरुले सरुवाको पत्रसमेत प्राप्त गरिसकेको र पदबहाली गर्ने तयारीमा रहेको बताईएको छ ।


सम्बन्धित समाचार
भर्खरै