Logo

२८ वैशाख, वीरगञ्ज । वीरगञ्जको रानिघाटमा रहेको जिवन ज्योती माध्यमिक बिधालयले आज निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । किरण आँखा अस्पतालको आयोजना र जिवनज्योती माध्यमिक बिधालयको सहयोगमा शिविर सम्पन्न भएको हो ।

बिधालय परिसरमै आयोजित उक्त  कार्यक्रममा बिधार्थी र सर्वसाधारण गरी २ सय ७७ जनाले आँखा परिक्षण गराएको बिधालयकी संचालिका मिनाक्षी गुप्ताले जानकारी दिनुभयो ।

गर्मी महिना शुरु भएसंगै मानव स्वास्थ्यमा धेरै किसिमका समस्याहरु देखापर्ने र त्यसमा आँखा पनि एक रहेको र बेलैमा सचेत भए हामी गर्मीमा हुन सक्ने आँखा सम्बन्धी जटिल समस्या बाट बच्न सक्छौ भनेर आज आँखा शिविर संचालन गरिएको गुप्ताले बताउनुभयो । कार्यक्रममा किरण आँखा अस्पतालका बरिष्ठ नेत्ररोग बिशेषज्ञ डाक्टर अमर क्याल सहितको टिमले आँखा परिक्षण गरेको थियो ।


सम्बन्धित समाचार