१ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको जिकिर गरेका छन्।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। आफ्ना आमाबुवासहित सबै परिवार नै सखाप बनाउने गरी दीपेन्द्रले दरबार हत्याकाण्ड गरी आत्महत्या गरेको भनि विश्वव्यापी रुपमा फैलाइएको हल्लामा कुनै सत्यता नरहेको उनको भनाइ छ।
उनले दरबार हत्यकाण्डलाई दीपेन्द्रको प्रेमसँग जोडेर रेडिमेड कथा विश्वव्यापी रुपमा फैल्याइएको बताए। उनले दरबार हत्यकाण्ड कसले गर्योरु भन्नेकुरा अझै खुल्न नसकेको बताएका छन्।



















