Logo

१ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–३०, लालपर्सा स्थित स्वास्थ्य चौकीको बर्थिङ सेन्टरका सेवाग्राहीलाई लक्षित गर्दै उपकार सेवा नेपालले तीन थान सिलिङ पंखा सहयोग गरेको छ।

उपकार सेवा नेपालकी अध्यक्ष बिध्या कुमारी सरावगीले आफ्नै निवासमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य चौकीका कार्यालय प्रमुख नवराज ठकुर तथा सहायक कर्मचारी प्रभात चन्द झालाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा समाजसेवी प्रकाश थारु लगायत स्थानीय भद्रभलाद्मीहरूको उपस्थिति रहेको थियो। बर्थिङ सेन्टरमा आउने सेवाग्राहीलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले पंखा सहयोग गरिएको संस्थाले जनाएको छ।

उपकार सेवा नेपालले यसअघि पनि विभिन्न दुर्गम तथा ग्रामीण क्षेत्रमा पुगेर असहाय, विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई सहयोग गर्दै आएको छ। संस्थाले स्वास्थ्य, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको जनाएको छ।

स्थानीयहरूले स्वास्थ्य चौकीजस्तो संवेदनशील स्थानमा गरिएको सहयोगले सेवाग्राहीलाई प्रत्यक्ष राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।


सम्बन्धित समाचार