Logo

१ साउन, काठमाडौं ।जनकपुरमा पक्राउ परेका मिटरब्याजीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ ।

बिहीबार मिटरब्याजीको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने हरेराम साह, उनकी आमा रेखाकुमारी साह र काका गोपाल साहलाई धनुषा प्रहरी पक्राउ गरेको थियो ।

उनीहरूमाथि कडा कारबाही हुनुपर्ने, छाड्न नपाइने भन्दै मिटरब्याज पीडितहरूले प्रदर्शन गरेका हुन् ।मिटरब्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला अदालत धनुषा अगाडि प्रदर्शन गरेका छन् ।

पक्राउ परेकाहरूले लामो समयदेखि मिटरब्याजको धन्दा चलाएर दर्जनौंको धनसम्पत्ति बेइमानीपूर्वक हत्याएको र शोषण गरेको उनीहरूको आरोप छ ।

अन्य मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्ने र पीडितहरूले न्याय प्रदर्शनकारीको माग छ ।


सम्बन्धित समाचार