Logo

६ साउन, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा एक स्थानीयको निर्माणाधीन घरभित्र दर्दनाक घटना घटेको छ ।

घर निर्माणका लागि बनाइएको पानीको ट्यांकीभित्र दुई जना पुरुष मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे खबर पाएसँगै जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घटनास्थललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइसकेको छ । हालसम्म मृतकहरूको पहिचान खुल्न सकेको छैन भने उनीहरूको मृत्युको कारण र परिस्थितिका विषयमा प्रहरीले गहिरो रूपमा छानबिन गरिरहेको छ ।


सम्बन्धित समाचार