६ साउन, काठमाडौं । क्षमताभन्दा अत्यधिक कैदीबन्दीको चाप भएपछि भरतपुर कारागार व्यवस्थापनले ठूलो संख्यामा कैदीबन्दीहरूलाई अन्य जिल्लाका कारागारमा स्थानान्तरण गरेको छ ।
कारागार कार्यालय चितवनका प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार तोकिएको क्षमताभन्दा बढी कैदीबन्दी बस्दा बस्ने ठाउँको चर्को अभाव हुनुका साथै सरसफाइमा समेत गम्भीर कठिनाई उत्पन्न भएपछि पछिल्लो एक वर्षको अवधिमा कुल ११६ जना कैदीलाई अन्यत्र पठाइएको हो ।
प्राप्त विवरण अनुसार ५०५ जनाको मात्र क्षमता रहेको यस कारागारबाट भीमफेदीमा ५३, नुवाकोटमा २६, कपिलवस्तुमा १७, जगन्नाथ देवलमा ६, कास्कीमा ७, स्याङ्जामा ४ तथा नख्खु र नेपालगन्जमा १–१ जना कैदी स्थानान्तरण गरिएको छ । हाल पनि यस कारागारमा क्षमताभन्दा धेरै अर्थात् ७१७ जना ९६७७ पुरुष र ४० महिला० कैदीबन्दीहरू जीवन बिताउन बाध्य छन् ।




















