Logo

३१ वैशाख,वीरगञ्ज । नियमित खोपबाट वञ्चित पाँच वर्षमुनिका बालबालिकालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज खोप लगाइँदै छ ।

देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई आज खोप दिइँदैछ ।

रोग, अपांगता र मृत्युबाट बचाउनका लागि जन्मिएको पाँच वर्षसम्मका बालबालिकालाई मन्त्रालयले १३ प्रकारको खोप निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको तथा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् ।

यता पर्सामा पनि आज नियमित खोप लिन छुटेका बालबालिकालाई खोप लगाईरहेको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमोद ठाकुरले जानकारी दिनुभयो । उहाँले जगरनाथपुर गाउँपालिका–५ मा बालबालिकालाई खोप लगाउन सुरुमा परिवारले नै नमानेको तर पछि भने वडाध्यक्ष र वडा सचिवले नै परामर्श गरेपछि खोप लगाईएको बताउनुभयो ।

 


सम्बन्धित समाचार