Logo

७ साउन, काठमाडौं । सेवाग्राहीसँग आर्थिक अनियमितता र मोलतोल गर्दै आएका आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल अख्तियारको फन्दामा परेका छन् ।

सिरहा सुपर मार्केट प्रालिको कर परीक्षण (फुल अडिट) को सिलसिलामा सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिँदै गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले कार्यालय परिसरबाटै रंगेहात नियन्त्रणमा लिएको हो ।

कार्यालयका अनुसार सिरहा सुपर मार्केटको आर्थिक वर्ष २०७८/७९ को अडिट प्रक्रिया अगाडि बढाउने बाहनामा कर अधिकृत पालले माथिल्ला अधिकारी प्रकाश राई लगायतलाई समेत मिलाउनुपर्ने भन्दै घुस रकम मागेका थिए । निरन्तरको ताकेता र मोलतोलपछि अन्ततः कार्यालयमै रकम लिँदै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले पक्राउ परेका कर अधिकृत पालमाथि थप अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।


सम्बन्धित समाचार