Logo

एजेन्सी । भारतको जम्मुमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

पञ्जावको अमृतसरबाट तीर्थ यात्रीहरु लिएर गएको बस मंगलबार विहान जम्मुको जज्जर कोल्टी क्षेत्रको एउटा खोंचमा दूर्घटना हुँदा १० जनाको मृत्यु भएको हो ।

घटनामा डेढ दर्जन घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । बसमा ७५ जना यात्रु रहेको जनाइएको छ । उनीहरु जम्मुस्थित माता बैष्णोदेवी मन्दिर दर्शनका लागि जाँदै थिए ।

दूर्घटनालगत्तै सुरक्षाकर्मीहरुले घाइतेहरुलाई उद्धार गरी अस्पताल पुर्‍याएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


सम्बन्धित समाचार