Logo

१७ जेठ,वीरगञ्ज । राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालनमा ल्याएको कृषि औजार कारखाना वीरगञ्जमा फलाम पगालेर किट बनाउने नयाँ कुपोला फर्नेस मेशिन जडान गरिएको छ । आविष्कार केन्द्रका अध्यक्ष डाक्टर महाविर पुनले सामाजिक सञ्जाल फेसबुक मार्फत कुपोला फर्नेस भनिने फलाम पगालेर किट बनाउने मशिन बनाएर जडान गरिएको जानकारी गराउनु भएको छ ।

मशिनले एक घण्टामा १५ सय किलोग्राम सम्म फलाम पगाल्न सक्ने पुनले बताउनुभयो । यसरी बनाइएको फलामको किटबाट बिभिन्न किसिमका सामानहरु बनाइने उहाँले बताउनुभयो ।

उहाँका अनुसार यो मशिन बनाउन ३ हप्ता लागेको कृषि औजार कारखानाका मशिनहरु मर्मत गर्दा कतिपय साना तिना पार्टपुर्जाहरु कृषि औजार कारखानामा नै कार्यरत इन्जिनियरहरु र टेक्निसियनहरुले बनाएर मशिनको मर्मत गरेका थिए । कसैलाई केहि बनाउने इच्छा भए कृषि औजार कारखानामा जडान गरिएको फलाम पगाल्ने मेशिनमा लगेर बनाउन सक्नेपनि उहाँले बताउनु भएको छ ।

 

 


सम्बन्धित समाचार