Logo

१७ जेठ,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा न ३ मा रहेको प्रहरी चौकी बडनिहारमा सुरक्षा चुनौती विषयमा आज छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीको नेतृत्वमा भएको कार्यक्रममा बडनिहार बजारमा रहेका बैंकिङ्ग, लघुबित्त, सहकारी र ब्यापारीहरु बीच छलफल भएको हो ।

कार्यक्रममा लघुबित्त का प्रतिनिधि हरुले लघुवित्त विरुद्ध संघर्ष गरि रहेका केही ब्यक्तिबाट लघुवित्तलाई सुरक्षा चुनौती बढेको भन्दै गुनासो गरेका छन् । निर्धन लघुबित्त वित्तिय संस्था शाखा कार्यालय बडनिहारका म्यानेजर रामशंकर काहारका अनुसार लघुबित्तका कर्मचारीहरुले गाउँ घरमा बैठकमा किस्ता उठाउन जाँदा लघुबित्त बिरुद्ध संघर्स समितिको नाममा लघुबित्तका कर्मचारीलाई कुटपिट तथा धाकधम्की आउने गरेकोले कर्मचारीहरुले असुरक्षित महसुस गर्ने गरेको गुनासो गर्नुभयो ।

यसैगरी लक्ष्मी लघुबित्त बडनिहार शाखाका म्यानेजर कबिता खत्रीले पनि गाउघरमा कर्मचारी हरु समस्यामा पर्दा स्थानीय वडा तथा पालिका लाई खबर गर्दा कुनै सहयोग नपाएको गुनासो गर्नुभयो । छलफलकै क्रममा ईलाका प्रहरि कार्यालय पटेर्वासुगौलिका प्रहरी निरीक्षक रामराजा केसरिले बैकिङ्ग क्षेत्र वा ब्यापारी हरुलाई कुनै किसिमको सुरक्षा आवश्यक परे तुरुन्तै नजिकको प्रहरी चौकीमा खबर गर्न आग्रह गर्दै आफुहरुले सक्दो सुरक्षा प्रदान गर्न तैयार रहेको बताउनुभयो । साथै उहाँले हरेक बैक ,लघुबित्त संस्थाहरुमा सुरक्षाको लागी सिसि क्यामरा जडान गर्न समेत अनुरोध गर्नुभएको छ ।


सम्बन्धित समाचार